Hot news in Nepal
To know what is the latest news of nepal
Wednesday, March 2, 2016
Sunday, February 28, 2016
यसकारण महिलाहरू घरेलु कामदारमा साउदी नजानुस्
यसकारण महिलाहरू घरेलु कामदारमा साउदी नजानुस्
१६ फागुन, काठमाडौं । नेपालले साउदी अरबसँग औपचारिक रुपमै घरेलु महिला कामदार ल्याउनेबारे सम्झौता गर्ने तयारी गरिरहेको छ । तर, साउदी अरबमा काम गरिरहेका नेपाली भने यही अवस्थामा नेपाली घरेलु महिला कामदार ल्याउन नहुने बताइरहेका छन् ।
नेपालबाट घरेलु महिला कामदार ल्याउन रोकिएकै अवस्थामा पनि भारत र खाडीकै कुवेत लगायत मुलुकमा भित्रिने नेपाली महिलाको संख्या निकै ठूलो छ ।
गैरआवासीय नेपाली संघ (एनआरएन) साउदी अरबले महिला कामदार ल्याउन अनुमति पाएका केही खाडी मुलुकको यथार्थ अवस्था मूल्यांकन गरेर साउदी अरब नेपाली महिला कामदारका लागि उपयुक्त नभएको जनाएको छ ।
एनआरएन साउदी अरबले हालै एक विज्ञप्ति जारी गर्दै साउदी अरबमा महिला कामदार अहिलेकै अवस्थामा किन पठाउनु हुँदैन र पठाउनुपरे त्यसअघि के-के गर्नुपर्छ भन्नेबारे जानकारी गराएको छ ।
संघले नेपाल सरकार, श्रम मन्त्रालयलाई समेत बोधार्थ पठाउँदै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । संघको संक्षिप्त यहाँ प्रस्तुत गरेका छौं ।
महिला कामदारलाई शारीरिक र मानसिक यातना
घरेलु महिला कामदारलाई यहाँ धेरै अप्ठेरा र समस्या छन् । घर मालिकले महिला कामदारको राहदानी कब्जामा राख्ने प्रवृत्ति छ भने घरेलु कामदारलाई आप्रवासी कामदारको रुपमा मान्यता पनि दिइएको छैन ।
यस्तै महिलाले घरमा आरामबिना लामो अवधि काम गर्नुपर्छ । महिला कामदारलाई घुमफिरमा रोक लगाइन्छ । सम्झौतामा तोकिएअनुसार तलब नदिने समस्या छ ।
शारीरिक एवं मानसिक शोषण हुने गरेका कुरा लुकेका विषय हैनन् । घरेलु कामदारलाई मालिकबाटै डर-त्रास हुने गरी धम्कीपूर्ण व्यवहार गरिन्छ । त्यसैले महिलाले बाध्यात्मक श्रमिकको रुपमा काम गर्नुपर्ने अवस्था आउँछ । यस्तो अत्याचार सहन नसकी भाग्दा चोरी लगायत अन्य मुद्दा लगाएर झनै पीडित गराउने अवस्था आउँछ ।
‘कफला’ (कामदारको भिसा प्रायोजनसम्बन्धी नीति) प्रणालीमा पीडित नै उल्टै अपराधी ठहरिने व्यवस्था विद्यमान छ । घरबाट भाग्ने क्रममा विभिन्न एजेन्टको चंगुलमा फसेर देह व्यापार गर्ने बाध्यतामा समेत महिला पर्छन् । यस्तै घरभित्रै पनि पर्याप्त मात्रामा खाना खान नदिने, समयमा उपचार नगराउने, करार अवधि सकिए पनि घर जान नदिएर जबर्जस्त काम गराइरहने समस्या पनि छ ।
खुला सीमानाका कारण एउटा मुलुकको श्रम स्वीकृति लिई अर्को मुलुक लैजाने प्रचलन पनि छ । घर र आफन्तसँग सम्पर्क गर्न नदिने, समयमा भिसा नलगाई गैरकानुनी हैसियतमा काम गराउने, स्पोन्सरले मनोमानी तरिकाले घरेलु कामदारलाई अर्को एजेन्सी र स्पोन्सरकोमा बेच्ने गरिएको छ ।
कामदारलाई घरभित्र अत्याधिक कामको बोझ हुने तथा लैंगिक हिंसाको पनि उच्च जोखिम छ । यसमा एजेन्सी र उनीहरूका दलालको कमजोरी पनि अत्यधिक छ । उनीहरूले घरेलु कामदारलाई यथार्थ स्थितिबारे जानकारी नदिई मीठा-मीठा सपना मात्र बाँड्ने गरेको पाइन्छ ।
घरमा काम गर्न नसकी ‘कफला’ अवधिभित्र भागेर सम्बन्धित एजेन्सीको अफिस आएका महिला कामदारलाई शारीरिक एवं मानसिक यातना दिने गरेको समेत भेटिएको छ । जिम्मेवारीको अवधि सकिएपछि कामदारलाई भाग्न प्रेरित गर्ने गरेको र पछि आफ्नो दायित्वबाट पन्छिने प्रवृत्ति पनि खाडी मुलुकमा छ ।
काम गर्न आएका वा कामबाट भागेका कामदारलाई विभिन्न प्रकारले शोषण गर्ने गरेको भन्ने बारम्बार उजुरी पर्ने गरेको छ । छोटो अवधिका लागि काममा पठाई आर्थिक शोषण गर्ने नौलो विषय होइनन् ।
कसरी रोक्ने यसलाई ?
अब सरकारले सबै नेपाली तथा भारतीय दलाललाई खोजी गरेर कानुनी कारबाही गर्नुपर्छ । भारतीय नाका तथा विमानस्थलमा विशेष निगरानी र चेकजाँच गरी यस्तो अवैध बेचबिखन रोक्न सरकारी स्तरमै सरकारले अधिकतम प्रयत्न गर्नुपर्ने देखिन्छ ।
सकभर खाडीमा घरेलु महिला कामदार नआएकै राम्रो । आउँदा पनि सबै मापदण्डको पूर्ण पालना सुनिश्चितता लिएर मात्रै आउन सकिन्छ । संगठित क्षेत्रमा भने समस्या नरहेकाले खाडीमै पनि आउन सकिन्छ ।
सकभर खाडीमा घरेलु महिला कामदार नआएकै राम्रो । आउँदा पनि सबै मापदण्डको पूर्ण पालना सुनिश्चितता लिएर मात्रै आउन सकिन्छ । संगठित क्षेत्रमा भने समस्या नरहेकाले खाडीमै पनि आउन सकिन्छ ।
कुवेतलगायत साउदी अरबसँग सीमा जोडिएका मुलुकबाट नेपाली महिला घरेलु कामदारका रूपमा स्थान्तरण गरी साउदी पठाइने हुनाले सम्बन्धित मुलुकसँग नेपाल सरकारले कूटनीतिक पहल गरेर स्थान्तरणमा रोक लगाउनुपर्छ ।
उद्धार कसरी गर्ने ?
यति गरेर मात्रै सरकारको दायित्व पूरा हुँदैन । स्वदेशी तथा विदेशी दलाललाई उद्धार तथा स्वदेश फिर्तीमा आउने खर्च जरिवानास्वरूप व्यहोर्न लगाउने व्यवस्था गर्नुपर्छ । उनीहरूलाई कानुनतः जेल सजाय समेत दिनुपर्छ ।
यस्तै, साउदी सरकारसँग सरकारी वार्ता तथा समझदारी गरी आफ्ना नागरिकको रक्षा र उद्धार गर्न नेपाली दूतावास र यसले खटाउने प्रतिनिधिलाई साउदीका घरभित्रै गई उद्धार गर्न पाउने अधिकार लिनुपर्छ । अवैध र अलपत्र महिला कामदारलाई दूतावासमा सम्पर्क राख्न नेपालमा तिनका परिवारमा सूचना प्रवाह गर्ने र स्वदेश फिर्तीमा सरकारले नै सघाउनुपर्छ ।
नेपाल प्रहरीले सञ्चालनमा ल्याएको हटलाइन नम्बर ९७७-११७७ को उपयोग गर्दै प्रहरीसँग पनि समन्वय र सहकार्य गर्नुपर्छ । दूतावास र नेपाली समुदाय तथा संघ-संस्थाले उद्धारमा सहकार्य गर्दा राम्रो हुन्छ । सरकारले नै प्रवासमा पीडित बन्ने नेपाली घरेलु महिला कामदारको उद्धार तथा स्वदेश फिर्तीका लागि उद्धार कोष बनाएर काम गर्नुपर्छ ।
पठाउने नै भए यसो गरौं
सकेसम्म साउदीमा महिला घरेलु कामदार नआउँदा उचित हुन्छ । तर, महिलालाई सुरक्षित राख्ने गरी पठाउने हो भने केही कुरामा ध्यान दिनैपर्छ । घरेलु काममा पनि संगठित क्षेत्रमा जस्तै ८ घन्टा र ६ दिन मात्रको ड्युटी, तलब-सुविधा, अधिकार, स्वतन्त्रता, सुरक्षा, बिमालगायत सबै सुविधाको प्रत्याभूति लिनुपर्छ ।
नियमित रूपमा दूतावासले निगरानी तथा जाँचबुझ गर्न पाएमा र हरेक हप्ता फोनमा र महिनामा एकपटक दूतावाससँग प्रत्यक्ष भेटवार्ताको व्यवस्था गरिनुपर्छ । महिला सहचारीसहित सबै महिला कामदारको पर्याप्त रेखदेख गर्न सक्ने जनशक्ति नेपाली दूतावासमा हुनैपर्छ ।
महिलाहरू पनि पुरुषसरह एक्लै स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने अधिकार ग्यारेन्टी गर्न लगाउनुपर्छ । तर, यसमा ध्यान नदिएर अहिलेकै अवस्थामा नेपाली चेलीबेटीलाई साउदी अरबमा पठाउने सम्झौता भए राष्ट्रकै लागि घातक र दर्दनाक हुनेछ ।
Friday, February 26, 2016
बलिउडका मेगा स्टार अमिताभ बच्चन रहेनन् भन्ने झुटा खबर फैलियो चारैतिर
फागुन १४ गते
मुम्बई । बलिउडका मेगा स्टार अमिताभ बच्चन रहेनन् । उनको आत्माको शान्तिको लागि प्रार्थना गर्नुहोस् ।’ बिहीबार यही मेसेज सामाजिक सञ्जाल ह्वाट्सएप र ट्विटरमा भारतीय प्रयोगकर्ताबीच व्यापक आदानप्रदान भयो ।
यसको आसय थियो, बलिउड अभिनेता अमिताभ बच्चन अब रहेनन् । तर, यो हल्ला मात्र भएको पुष्टि हुन धेरै लामो समय लागेन । त्यसो त केही दिनअघि बिरामी भएपछि अमिताभ बच्चन अस्पताल भर्ना भएका थिए । यसले पनि यो सन्देशलाई विश्वास गर्ने आधार मिल्यो ।
भारतीय मिडिया टाइम्स अफ इन्डियाको वेबसाइटमा आएको समाचारअनुसार यो अफवाहले अमिताभका प्रशंसकलाई हैरान बनायो । र, अन्ततः अमिताभका प्रवक्ताले एउटा विज्ञप्ति निकालेरै यो झूटो भएको प्रस्टीकरण दिए ।
त्यसो त अमिताभको मृत्युको हल्ला चलेको यो पहिलोपटक पनि होइन र यस्तो हल्लाको सिकार भएका उनी मात्र पनि होइनन् । यसअघि दिलीप कुमार, हनी सिंह, गुल पनाग, लता मंगेशकरलाई लिएर पनि यस्ता हल्ला चलेका थिए ।
त्यस्तै, रेहाना, ब्रिट्नी स्पियर्स, जोनी डेपलगायतका सेलेब्रिटी पनि यस्तो हल्लाका सिकार भएका छन् । (नयाँ पत्रिकाबाट)
Sunday, February 7, 2016
Tuesday, February 2, 2016
पोखरमा युवतीको हत्या
माघ १९, २०७२- पोखराको रामबजार नजिकै एक युवतीको हत्या भएको छ । पोखरा–१५ की १९ वर्षीया नेहा भन्ने यरुना पुनको हत्या गरी फालिएको अवस्थामा मंगलबार शव भेटिएको प्रहरीले जनाएको छ ।
घलेचोकस्थित मेरीगोल्ड बोर्डिङस्कुल नजिकैको चौरमा उनको शव भेटिएको थियो । सोमबार घरबाट निस्केकी पुन बेलुकी घर नफर्किएपछि खोजी भएको थियो । टाउकोमा रड र लाठीले हानेको घाउ रहेको प्रहरी नायव उपरीक्षक गजुसिद्धि बज्राचार्यले बताए । उनका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।
Wednesday, December 2, 2015
भोलिबाट दैनिक साढे ९ घण्टासम्म लोडसेडिङ
मंसिर १७, २०७२- नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिका अनुसार दैनिक साढे ९ घण्टासम्म लोडसेडिङ हुनेछ । तालिका भोलिदेखि लागू हुने प्राधिकरणले जनाएको छ ।
प्रणालीमा अत्याधिक लोड, भूकम्पले भत्किएका जलविद्युत गृह सञ्चालनमा कठिनाई र नदीमा पानीको वहाव घटेकाले लोडसेडिङ बढाउनुपरेको प्राधिकरणले जनाएको छ ।
भारतीय नाकाबन्दीका कारण राजधानीसहित देशभर खाना पकाउने ग्यास र इन्धनको अभाव भएको बेला बढेको लोडसेडिङले सर्वसाधारण झन् समस्यामा पर्ने भएका छन् ।
भारतीय नाकाबन्दीका कारण राजधानीसहित देशभर खाना पकाउने ग्यास र इन्धनको अभाव भएको बेला बढेको लोडसेडिङले सर्वसाधारण झन् समस्यामा पर्ने भएका छन् ।
पेट्रोल तस्करी गरेको भन्दै युवकलाई आगो लगाइयो
मंसिर १६, २०७२- मधेसी मोर्चाका कार्यकर्ताले सनई-९ पडरीमा एक युवकको शरिरमा पेट्रोल छर्केर आगो लगाएका छन् । तेल तस्करी गरेको भन्दै रुपन्देही गाविस फर्साटिकर घर भएका ३० वर्षीय घिराउ यादवलाई स्थानीय मोर्चाका कार्यकर्ताले आगो लगाइ घाइते बनाएका हुन् ।
घाइते भएका यादवको पृथ्वीचन्द अस्पतालमा उपचार भइरहेको छ । घाइते यादवको अवस्था गम्भीर रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मोहम्मद नुरुल होदाले जनाए ।
जिल्लाको सनई-९ पडरीमा आफ्नो फुपुको घरबाट मोटरसाइकलमा फर्कने बेला पेट्रोल लगेको भन्दै मोर्चाका कार्यकर्ताले यादवको शरिरमा पेट्रोल छर्कि आगो लगाएको उनकी फुपु विन्द्रावतीले बताइन् । यादव राति फुपुको घरमा बसेको र बिहान घर फर्किरहेका थिए । उनी चढेको लु ३ प २०१७ नम्बरको मोटरसाइकल समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगो लगाउने समुहका दुई जना पक्राउ परेका स्थानीयले जनाएका छन् । पक्राउ मध्ये एक जना स्थानीय राजेश सैथवार रहेको र अर्कोको नाम नखुलेको प्रहरीले जनाएको छ । आगो लगाउने समूहको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक उपाध्यायको भनाइ छ ।
मोर्चाको आन्दोलनको नाममा जिल्लामा अपराधीक गतिविधि बढ्दै गएको छ । यता सो घटना मोर्चाका कार्यकर्ताले नगरी तस्करी गर्ने समूहकै भएको फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष रविन्द्र यादवले बताए । मोर्चाका कार्यकर्ता भन्दा तस्करको गिरोहहरुले नै आन्तरिक दुस्मनीले त्यस्तो गरेको हुन सक्ने जिकिर उनले गरे ।
Subscribe to:
Comments (Atom)


