आश्विन १२, २०७२- नेकपा माओबादी चन्द समुहले नेपालमा भारतीय टेलीभिजन च्यानल बन्द गराएकोमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आपति जनाएको छ । सदियौंदेखि कायम नेपाल भारतको सम्बन्ध खलबलाउने सक्रिय भएकोप्रति ध्यानाकर्षण भएको मोर्चा पर्साका जनपरिचालन समिति संयोजक प्रदीप यादवले बताए ।
'जारी मधेश आन्दोलनमा विश्व समुदायबाट चौतर्फी सहयोग प्राप्त भईरहदा आन्दोलनको मुद्दालाई बंग्याउन दिगभ्रमित पार्न खोजेका छन्,' यादवले भने । चन्दको संगठनले नेपालमा प्रशारित भारतीय मेडिया र भारतीय सवारी साधनलाई बन्दको अवहान गरेको खबरले लोकतन्त्रमा जनताको स्वतन्त्रतामा अंकुश लगाउन खोजेको यादवद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । आम मानिसले कुन संचारमाध्य हेर्ने त्यो उसको स्वतन्त्रताको बिषय हो । कुनै समुह वा संगठनले त्यो निर्धाण गर्ने कुरा होइन् ।
निर्णय नसच्चयाए मधेश क्षेत्रमा नेपाली भाषाका हरेक संचारमाध्यममा यहाँका जनताले प्रतिबन्ध लगाउने यादवले जनाए । 'काठमाडौं लगायतका पहाडी ठाउँमा २४ घण्टाभित्र पहिलेदेखि सञ्चालनमा रहेका भारतीय च्यानल पुनसूचारु नगराए हामी कडा कदमको लागि बाध्य हुन्छौं,' उनले भने, 'त्यस पछि नेपाली भाषाका सम्पुर्ण टेलीभिजन च्यानल र चलचित्र मधेशमा रोक लगाइने छ ।'
No comments:
Post a Comment