धमला र उनका केही साथी मिलेर राति रक्सी पिउने कार्यक्रम बनाएछन् । धमलाले साथीहरूलाई भनेछन् : केटा हो, म मेरो घरबाट खसी चोरेर ल्याउँछु, काटेर रक्सीसित खान । तिमीहरू अलि–अलि तान्दै गर । यति भनेर उनी खसी चोर्न आफ्नो घर गएछन् । त्यसपछि धमलाले साथीहरूसित रातभरि रक्सी र मासुको भव्य पार्टी गरेछन् । बिहानीपख रक्सी मासु पनि सबै सकियो । पार्टी पनि क्लोज भयो । सबै जना आ–आफ्नो घरतिर लागे । धमला पनि घर आए तर आश्चर्य हिजो चोरेर काटी खाएको खसी त घरमै घाममा बसेर उग्राइरहेको रहेछ । हत्त न पत्त भित्र छिरेर स्वास्नीसँग सोधेछन् ।
धमला : यो खसी कहाँबाट आयो यहाँ ?
धमली : खसीको कुरा छोड, मलाई यो भन, हिजो राति चोर जस्तो सुटुक्क घरको कुकुर लिएर रातभरि कहाँ गएका थियौ ?
०००
धमला : यो खसी कहाँबाट आयो यहाँ ?
धमली : खसीको कुरा छोड, मलाई यो भन, हिजो राति चोर जस्तो सुटुक्क घरको कुकुर लिएर रातभरि कहाँ गएका थियौ ?
०००
No comments:
Post a Comment