Wednesday, November 25, 2015

ऋषि धमलामाथि ‘सुपर’ हमला !

ऋषि धमलालाई एकपटक समाचारको खडेरी परेछ, के रिपोर्टिङ गरौं, के रिपोर्टिङ गरौं भइ’रा बेला बाटोमा उनले ठूलो भीड देखेछन् । भीडको बीचमा कार थियो । कारले कसैलाई हानेजस्तो देखिन्थ्यो तर भीड निकै बाक्लो भएकाले भीड छिचोल्दै भित्र पस्न धमलालाई गाह्रो परेछ । ‘म ऋषि धमला, हटिदिनुस् त रिपोर्टिङ गर्नुपर्‍यो,’ धमला कराए तर कसैले टेरेनछन् । रिपोर्टिङ त गर्नैपर्‍यो । धमलाले जुक्ति लगाए । ठूलो–ठूलो स्वरले रुँदै कराउन थाले : ‘यो कारले हानेको मान्छे मेरो बुबा हो, कृपया मलाई अगाडि जान दिनुस्,’ यति सुनेपछि भीडले सट्ट २ चिरा पर्दै धमलाको लागि बाटो बनाइदियो, तर धमला हतार–हतार बीचमा पुग्दा कारको सामु त छटपटाइरहेको गोरु पो लडिरहेको रहेछ ।

No comments:

Post a Comment

Comments system

Disqus Shortname