६२ करोडको निःशुल्क सेवा
भरतपुर । भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले गएको एक वर्षमा बिरामीलाई ६२ करोड १० लाख रूपैयाँ बराबरको निःशुल्क सेवा प्रदान गरेको छ । अस्पतालका कार्यकारी निर्देशक चिनबहादुर पुनले बर्सेनि निःशुल्क सेवा दिने क्रम बढिरहेको बताए । उनले दिएको जानकारीअनुसार सबैभन्दा बढी रक्त क्यान्सर भएका ६२५ जना बिरामीलाई रु ५१ करोड तीन लाखको निःशुल्क सेवा दिइएको छ । यस्तै ७० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि २० लाख २७ हजार रूपैयाँ र क्यान्सर सेवा समाजमार्फत रु १३ लाखको निःशुल्क सेवा प्रदान गरिएको पुनले जानकारी दिए । यस्तै विपन्न नागरिक उपचारका लागि आठ करोड रूपैयाँ, भर्ना भएका बिरामीलाई निःशुल्क खानामा ४१ लाख सहयोग गरिएको अस्पतालले जनाएको छ ।

No comments:
Post a Comment