Monday, September 28, 2015

डायमण्डलाई साढे दुई वर्ष कैद


डायमण्डलाई साढे दुई वर्ष कैद 



                            भरतपुर । जबर्जस्ती करणी उद्योग मुद्दा लागेका डायमण्ड श्रेष्ठलाई आइतबार भएको फैसलामा २ वर्ष ६ महिना कैद सजाय भएको छ । चितवन जिल्ला अदालतका न्यायाधीश शेखरचन्द्र अर्यालको इजलासले यस्तो सजाय फैसला गरेको हो । श्रेष्ठविरूद्ध जबर्जस्ती करणी उद्योगमा ४ वटा मुद्दा दर्ता भएकोमा एउटा मुद्दामा उक्त फैसला भएको हो । अर्को मुद्दामा भने श्रेष्ठले सफाइ पाए । उनीविरुद्धको २ वटा मुद्दाको बारेमा अझै कुनै टुंगो नलागेको चितवन जिल्ला अदालतका श्रेष्तेदार विद्याराज पौडेलले बताए । गत साउन ५ गते राति नारायणी सामुदायिक अस्पतालमा खैरहनीकी एक महिलालाई जबर्जस्ती करणी प्रयास गरेको अभियोगमा श्रेष्ठ पक्राउ परेका थिए । गर्भ जाँच गराउन अस्पतालमा भर्ना भएकी महिलालाई राति ९ बजे आरोपित श्रेष्ठले मापसे गरी ‘म डाक्टर हुँ’ भन्दै जबर्जस्ती गरेका प्रहरीको भनाइ छ । बिरामीका आफन्तलाई अप्ठेरो मानेको भन्दै बाहिर पठाएका श्रेष्ठले त्यही मौका छोपी करणी प्रयास गरेको पीडितको आरोप छ । आरोपित तत्कालै मोटरसाइकलमा चढि त्यहाँबाट फरार भएका थिए । त्यहाँबाट भागी सरकारी अस्पतालको प्रसुती वार्डमा पनि श्रेष्ठले त्यस्तै हर्कत अपनाएका थिए । यस मुद्दामा भने श्रेष्ठलाई सफाइ भएको श्रेष्तेदार पौडेलले जानकारी दिए । प्रहरीले सरकारी अस्पतालमा पनि घटना भएपछि तत्कालै पक्राउ गरेको थियो । तर उनीविरुद्ध पीडित पक्षले साउन १२ गते मात्र चितवन प्रहरीमा उजुरी दिएका थिए । भरतपुर–११ बस्ने वर्ष ३६ का आरोपित डायमण्ड श्रेष्ठ बालकुमारी कलेजमा पढाउने गर्दथे । - See more at: http://echitwanpost.com/chitwan/28247/09_28/#sthash.GQWhr4s5.dpuf

No comments:

Post a Comment

Comments system

Disqus Shortname