Monday, September 28, 2015

भारतीय अभिनेता अनुपम खेर भारतीय हस्तक्षेपबिरुद्ध उभिए

भारतीय अभिनेता अनुपम खेर भारतीय हस्तक्षेपबिरुद्ध उभिए







काठमाडौं, ११ असोज । नेपालमा नाकाबन्दी गर्ने भारतीय सरकारको रवैयाप्रति भारतीय अभिनेता अनुपम खेरले आपत्ती जनाएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले नेपालप्रति नाकाबन्दी गर्नु भारतका लागि लाजमर्दा कुरा भएको टिप्पणी गरेका छन् ।
‘नेपाल एउटा यस्तो देश हो, जसले भारतको रक्षाका लागि आफ्ना बहादुर युवाहरुलाई इन्डियन आर्मीमा पठाएको छ’ अभिनेता अनुपम खेरले ट्वीटरमा लेखेका छन् ‘आज हामी त्यही देशलाई संकटमा पार्दैछौ, यो लाजमर्दा कुरा हो ।’

भारतले नेपालमाथी हस्तक्षेप गरेपछि भारतमा पनि यसको चर्काे विरोध भइरहेको छ । भारतीय नेतादेखि अभिनेतासम्मले मोदीको कदमप्रति आपत्ती जनाइरहेका छन् ।

No comments:

Post a Comment

Comments system

Disqus Shortname